यतीको सिमरा उडान शुरु

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २१ असोज । यती एयरलाइन्सले आजबाट काठमाडौँ-सिमरा उडान शुरु गरेको छ । एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा १२ वर्षपछि बाराको सिमरा उडान शुरु गरेको हो ।

प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर उडान शुरु गरिएको जानकारी दिएका छन । आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानबाट बिहान ९ः१० बजे पहिलो उडान भएकाे हाे । दोस्रो उडान अपरान्ह ४ः४५ बजे हुने भएकाे छ ।

पहिलो दिन भएकाेले काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोलाप्रथाबाट एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइएकाे उनले बताए । यतीले हालका लागि भाडा काठमाडौँ–सिमरा एकतर्फी रु एक हजार ९९९ लाग्ने बताएकाे छ । यती एयरलाइन्सले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटार, काठमाडौँ र पोखरामा उडान गर्दै आएको छ ।