
काठमाडौं, २१ असोज । सरकारले दशैंको बेलामा काठमाडौंबाट बाहिर नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै भने, यसरी आउने जाने गर्दा संक्रमणको खतरा हुन्छ ।
काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको छ, मन्त्री ज्ञवालीले भने, जिल्लाहरु भन्दा काठमाडौंमा संक्रमण बढेको देखिन्छ, जिल्लाहरुमा कम छ, यो बेलामा संक्रमणको जोखिम धेरै भएकोले विशेष स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाउन आग्रह गरे ।
चाडपर्व अर्को पटक पनि आईहाल्छन् । यो बेलामा गाउँघरमा जाँदा दशैमा मान्यजनसंग टीका थाप्दा, संक्रमित भएर गएको खण्डमा झन संक्रमणको डर भएकोले काठमाडौंमै रहन उनले आग्रह गरे ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



