स्याङ्जामा भरुवा बन्दुकसहित २ जना पक्राउ

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



पोखरा, २२ असोज । अवैध भरुवा बन्दुकसहित स्याङ्जा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा ६, काउलेका ६६ वर्षीय थमन गुरुङ र २० वर्षीय सुजन गुरुङ छन् ।

पक्राउ परेका उनीहरुमध्ये थमनको साथबाट एकनाले भरुवा बन्दूक एक थान, भरुवा बन्दूकको नाल एक थान, बारुद १ सय ४५ ग्राम बरामद गरेको छ ।

यस्तै, सुजनको साथबाट इजाजतपत्र नभएको अवैध एकनाले भरुवा बन्दुक एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुले ती हतियार घरमै लुकाएर राखेका थिए ।

उनीहरुविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।