धरानमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



धरान, २२ असोज । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।