एकै दिन ४३६४ जना संक्रमित, १२ जनाको मृत्यु

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ असोज । नेपालमा एकै दिन ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिनमा सबैभन्दा बढी संक्रमित हुने यो उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म ९८ हजार ६ सय १७ संक्रमितको संख्या पुगेको जनाए ।

उनका अनुसार देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६ सय ८४ जना रहेको छ । बुधबार ३ हजार ४ सय ३९ संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घन्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएको हो । यस्तै, यस अवधिमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६ सय ७५ रहेको छ । यो सहित निको हुनेको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये ४ महिला र ८ पुरुष हुन् ।

मृत्यु हुनेमा सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँकी ७९ वर्षीया महिला, काठमाडौँकै ५८ र ९१ वर्षीय २ पुरुष, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१ वर्षका दुई पुरुष र ९२ वर्षीय अर्का पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिला रहेका छन्।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

सरकारले दसैंको बेलामा सार्वजनिक स्थलमा विगतमा झैं यसपालि पिङ नहाल्न र भिडभाड नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ ।

असाेज २२ गतेकाे काेभिड १९ काे राष्ट्रिय अद्यावधिक विवरण: