विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २२ असोज । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले कोभिड –१९ रोकथाम र उपचारका लागि आज विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

अरुणोदय पूर्व विद्यार्थी समाजले एभरेष्ट कागज उद्योग र नवोध्या ट्रेडर्सका अध्यक्ष अमनबहादुर खड्काबाट उपलब्ध ती सामग्री हस्तान्तरण गरेको हो ।
वडा नं ९ का अध्यक्ष राजीव थापा, समाजका अध्यक्ष त्रिलोचन पौड्याललगायतले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाललाई ती सामग्री हस्तान्तरण गरेका छन् ।

प्रधानाध्यापक नेपालले पूर्वविद्यार्थीको सहयोगलाई गुरुदक्षिणाका रुपमा लिइएको बताए समाजका सचिव यादव देवकोटाले जानकारी दिए ।