कार्तिक १४ मा अपि पावरको हकप्रद शेयर निस्काशन हुँदै

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ असोज । अपि पावर कम्पनीले कार्तिक को १४ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने बताएको छ । कम्पनीका अनुसार ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेकाे हाे । । हकप्रद शेयरका लागि मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने भएको छ । सिद्धार्थ क्यापिटललाई हकप्रद निष्काशनको बिक्रि प्रबन्धक ताेकिएकाे छ ।

दार्चुलाको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको लागि लगानी जुटाउन हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले बताएको छ । ४० मेगावाट क्षमताको आयोजनाको लागत रु सात अर्ब ४० करोड रहेको बताइएकाे छ । यसमा बैंक तथा वित्तीय संस्थाहरूले रु पाँच अर्ब १८ करोड लगानी गर्दैछन । रु दुई अर्ब २२ करोड प्रवद्र्धक कम्पनीले नै हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।

अगुवा हिमालयन बैंक लिमिटेड रहेकाे छ । उसकाे अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी सम्झौता गरेका छन् । हकप्रद शेयरपछि कम्पनीले लाभांश बितरण गर्ने जनाएको छ । हकप्रद शेयर निष्काशन अगाडी नै लाभांश वितरण गर्दा चुक्ता पुँजी बढेर हकप्रद समीकरण बिग्रने भएकाेले कम्पनीले हकप्रदपछि मात्र लाभांश वितरण गर्ने याेजना बनाएकाे छ ।