
पोखरा, २३ असोज । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोटस्थित दार्सिङमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँँदा २ जनाको मृत्यु भएको छ ।
वालिङबाट हेलुतर्फ जाँदै गरेको पायनिर हाइगर एजुकेसन एकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गएको ग १३ प २८१४ नम्बरको मोटरसाइकलाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार स्याङ्जाको भीरकोट ३, बानेथोक देउरलाली घर भई हाल कपिलबस्तु बस्ने ३१ वर्षीय ध्रुव भन्ने गुप्तबहादुर खत्री र भीरकोट ३, बानेथोक देउराली घर भइ वालिङ १, रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर राना घाइते भएका थिए । घाइते दुवै जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार क्रममा सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार दुवै सवारीसाधन र बसका चालक नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



