काठमाडौं, २५ असोज । विद्युतिय कारोबारको शुल्क नलिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कोरोना भाइरस महामारीको असहज अवस्था रहेको भन्दै आगामी पुस मसान्तसम्म शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
यो सँगै अब राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकलाई डिजिटल वालेट मार्फत हुने कारोबारमा तत्काल शुल्क लाग्ने छैन।
यसैगरी, केन्द्रीय बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि सेवा शुल्कसमेत तोकेको छ । सरकारलाई बुझाउने राजस्व अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्नेछ ।
जसअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिन राष्ट्र बैंकले सेवाप्रदायकहरुलाई भनेको छ । तथापि, यो शुल्क पुस मसान्तसम्म भने लिन पाइने छैन ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



