
सांकेतिक फाेटाे
पर्वत, २५ असोज । पर्वतमा हिंसापीडित महिला तथा बालबालिकाका लागि पाँच वर्षअघि निर्माण शुरू गरिएको सुरक्षित घर निर्माणकाे काम अलपत्र परेको छ । सदरमुकाम कुश्माको वडागाउँमा सुरक्षित घर निर्माणका लागि बोलकोबल गरेको रकम उठ्न सकेकाे छैन । रकम नउठेपछि निर्माणकार्य हुन सकेकाे छैन ।
महिला तथा बालबालिका विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै गएपछि उनीहरुलाई कानूनी उपचार दिनुपर्ने बेलासम्म अल्पकालीन समयसम्म राख्नका लागि विसं २०७३ असारमा सुरक्षित घर निर्माण शुरु गरिएको थियो । तत्कालीन प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको विशेष अगुवाइमा शुरु भएको आश्रयस्थल निर्माणका लागि निर्माण थालिएको वर्ष आधारभूत काम शुरु गरिए पनि अहिले अलपत्र परेको छ । सुरक्षित घर निर्माणका लागि विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय तथा व्यक्तिबाट बोलिएको रकम हालसम्म उपलब्ध नभएकाले निर्माणकार्यमा समस्या भएको हो ।
सम्बन्धित निकायले चासो नदिएका कारण र धेरैजसो समाजका प्रभुत्व व्यक्तिहरुबाट बोलिएको रकम उपलब्ध नहुँदा निमार्णकार्य अलपत्र परेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले बताए । तत्कालीन समयमा जिल्ला विकास समितिमार्फत बोलिएको रु १० लाखमध्ये रु एक लाख मात्र प्राप्त भएको छ भने अन्य रु नौ लाख हालसम्म पनि उपलब्ध नभएकाे राससले लेखेकाे छ । जिल्ला विकास समितिसमेत खारेज भइसकेको समयमा जिल्ला समन्वय समितिसँग निर्माण समितिले बोलेको रकम माग्दासमेत समन्वय समितिले आलटाल गरेको निर्माण समितिको भनाइ छ






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



