
काठमाडाैं, २५ असाेज । स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि एकीकृत काराेबार सुरू गरेका छन्।
काभ्रेकाे बनेपामा केन्द्रीय कार्यालय रहेकाे स्वराेजगार लघुवित्तले जनकपुरकाे जनकपुर लघुवित्तलाई गाभ्ने सम्बन्धमा गत जेठ २२ मा सैद्धान्तिक सहमतिपत्र प्राप्त गरेकाे थियाे । जसअनुरूप स्वराेजगारकाे नाममा एकीकृत काराेबार सुरू भएकाे हाे ।
गत साउन १० मा दुबै संस्थाकाे विशेष साधारणसभा बसेकाे थियाे । साधारणसभाले गाभ्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेपछि गएकाे असाेज २ मा राष्ट्र बैकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति र कम्पनी रजिस्ट्रारकाे कार्यालयबाट असाेज १९ मा स्वीकृति प्राप्त भएकाे स्वराेजगार लघुवित्तका कम्पनी सचिव मनाेजकृष्ण उप्रेतीले जानकारी दिए ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



