कर्णालीका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



सुर्खेत, २५ असोज । प्रभावकारी रूपले काम गर्न नसकेकाे भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री, संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन । दलका प्रमुख सचेतक गुलावजंग शाहलाई आज आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका हुन । यसको नेतृत्व सांसद यामलाल कँडेलले गरेका बताईएको छ ।

कर्णाली प्रदेशमामा नेकपाका ३३ सांसद रहेका छन् । सचेतक शाहलाई अविश्वासको प्रस्ताव बुझाउनेमा पूर्व माओवादीका ३ र पूर्व एमालेका १५ गरी १८ जनाले हस्ताक्षर बुझाएका हुन । सचेतक शाहले अविश्वासको प्रस्ताव पाएको बताएका छन् । यस विषयमा थप छलफल गरेपछि टुंगाेमा पुग्ने उनले बताएका छन् ।

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले शाही नेतृत्वको सरकारले प्रदेशमा जनतालाई प्रभाव पार्ने किसिमले काम गर्न नसकेको र जनताबीच पार्टीका कामहरू गतिशिल नभएकाे बताएका छन् ।