
पोखरा, २५ असोज । गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले प्राज्ञिक क्षेत्रलाई बौद्धिक, सक्षम, समावेशी र उपलव्धीमुलक बनाउनु पर्नेमा त्यसो नगरेर नेकपाको भातृ संस्था र कार्यकर्ता भर्ती केन्द्रको रुपका प्रयोग गर्न खोजेको बताएका छन् ।
थापाले आज प्रदेश सभाको विशेष समयमा बोल्दै गण्डकी प्रदेश अन्तर्गत गठन हुन लागेका प्रतिष्ठानहरुमा नेकपाको सर्वपक्षिय, सहमति विरोधी सोच र एकात्मकवादी कार्यशैलीले प्रदेशको बौद्धिक क्षेत्र तहस नहस हुन लागेको बताए । उनले बौद्धिक र प्राज्ञिक प्रतिष्ठानहरुलाई नेकपाको भातृ संस्थाको रुपमा गठन गर्ने, कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग गर्न खोज्ने गलत कार्यलाई तत्काल बन्द गर्नुपर्ने बताए ।
गलत नियतलाई तत्काल बन्द गर्नुर्छ । थापाले भने, प्राज्ञ छनौट समिति समावेशी र सर्वपक्षिय प्राज्ञिक थलोको रुपमा स्थापित गर्नुपर्छ । थापाले प्राज्ञ तथा विकास वोर्डको अवधारणा र मर्मअनुसार गठन गर्न सभामुख मार्फत स्थानिय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



