राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही नगर्ने

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस संक्रमणको जोखिमको कारण देखाउँदै यो पटक राष्ट्रिय चाड वडादशैंको बेलाामा नयाँ नोट सटही नगर्ने बताएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस पटक तिब्र गतिमा बढ्दै गरेको कोरोनाभाइरस संक्रमणको जोखिमको कारण नयाँ नोट सटही नगर्ने बताएको हो ।

राष्ट्र बैंकले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्डहरुमा बैंकहरुमा बढी भिडभाड हुन नदिने कुरा बताईसकेकोले यसलाई मनन गर्न सबैमा अनुरोध गरेको छ ।

हाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा समेत कोरोना भाइरसकाे संक्रमण भएकाे छ । नोट सटहीको क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने संभावना उच्च भएकोले वडादशैंको प्रयोजनार्थ राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको हो ।

राष्ट्र बैंकले कोभिड १९ को कारण नागरिककाे स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै नयाँ नोट सटही गर्न नसकेको र सर्वसाधारणमा यसबाट पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।