
काठमाडाैं, २६ असाेज । नेपाल राष्ट्र बैंकले आज रु १८ अर्ब २५ करोड बराबरको बिल बिक्री गर्ने बताएकाे छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको ट्रेजरी बिल नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेकाे हाे ।
बैंकले कूल ३६४ दिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा जनाएकाे छ । तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । उक्त ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । केन्द्रीय बैंकले असोज २० गते रु १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



