महानगरकाे सहयाेगमा पशुपतीमा विद्युतीय यन्त्रसहित शवदाह गृह निर्माण हुने

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २६ असोज । काठमाडौँ महानगरपालिकाकाे सहयाेगमा पशुपतिमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्ने क्रममा उक्त कुरा बताएका हुन । उनले भने, अब छिट्टै कामपाको रु १५ करोड अनुदानमा पशुपती क्षेत्रमा शवदागृह निर्माणकाे काम अघि बढाइने छ ।

अब केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर निर्माणकाे काम हुनेछ । कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोले केही दिनभित्रै सम्झौता गरेर कामलाइ अघि बढाउने जानकारी दिए ।