झिनो अंकले सुधारियो शेयर बजार, करिब २ अर्बको काराेबार

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित




काठमाडौं, २६ असोज। साताको दोस्रो दिन सोमबार शेयर बजार १ दशमलव ७४ अंक बढेर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३७ अंक बढेर ३१३ दशमलव १० विन्दुमा पुगेको छ । गत विहीवारदेखि घटेको बजार सोमवार भने न्यून अंकले बढेको हो ।

यस दिन १ अर्ब ९४ करोड ९० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन १८९ कम्पनीको यो रकम बराबरको ६८ लाख १५ हजा ७१० कित्ता शेयर कारोबार भएको हो । सोमवार विकास बैंकको शेयरमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ । कारोबारमा आएका १२ समूहमध्य विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ८८ प्रतिशत बढेको छ । यस दिन बैंकिङ्को शून्य दशमलव १९ प्रतिशत, व्यापारिकको शून्य दशमलव २१ प्रतिशत, होटलको शून्य दशमलव ४ प्रतिशत र लघुवित्तको शून्य दशमलव १६ प्रतिशत परिसूचक बढेको छ ।