
काठमाडौं, २७ असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। हालसम्म संक्रमितकाे कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेकाे छ।
उनका अनुसार मंगलबार देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १३ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा थप १७ हजार ५ सय ७७ वटा पीसीआर परीक्षण भएको हाे। हालसम्म १२ लाख ७ हजार ९१ पिसिअार भएकाे छ ।
काठमाडौं उपत्यकामा मात्र २ हजार १ सय २९ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित हुन्।
हाल क्वारेन्टाइनमा ४ हजार ७ सय ९५ जना बसेका छन्। संस्थागत अाइसाेलेसनमा १५ हजार ४८ र हाेम अाइसाेलसनमा २० हजार ८ सय ६७ जना बसेका छन्।
त्यस्तै २४ घण्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। याे सहित नेपालमा कोरोना मुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ।
यस्तै मंगलबार १८ जनाकाे मृत्यु भयाे । कुल मृत्यु हुनेकाे संख्या ६ सय ६३ पुगेकाे छ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



