
सांकेतिक फाेटाे
भरतपुर, २७ असोज । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० केभीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनकाे निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो । सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए ।
हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएकोमा काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको बताइएको छ । अहिले पनि हेटौँडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीलले ठेक्का पाएका छन । आयोजना सञ्चालनका लागि विसं २०६५ मा ठेक्का सम्झौता गरेर २०६६ मा प्रसारण लाइनको काम शुरु गरिएकाे थियो । पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने काम विगत १२ वर्षमा ५० प्रतिशत निर्माण मात्र भएपछि ठेक्का सम्झौता तोडेर नयाँ सम्झौता गरिएको प्रमुख जैसवालले बताए ।
विश्व बैंक र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डका ७५ किमी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीले काममा केही सुस्तता भए पनि ७५ किमी लाइनका २४६ टावरमध्ये २३० वटाको फाउण्डेशन निर्माण सकिएको छ । २१४ वटा टावर खडा गरिएको र पाँच किमी तार तान्ने काम सकिएको छ ।
अहिले पनि दुम्कीवास र देउचुरीको मुण्डीमा स्थानीयले विभिन्न माग राखेर अवरोध गरेकाे जैसवालले बताए। नयाँ ठेक्का सम्झौता भई परिचालन भएकाले अबको दुई वर्षमा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरिने विश्वास लिइएको छ । यसअघिको ठेकेदारले उक्त खण्डमा २२६ टावरमध्ये १७१ वटाको फाउण्डेशन निर्माण कार्य सकेकाे राससले लेखेकाे छ । एक सय १७ वटा टावर खडा गरिएको छ । दश किमीभन्दा बढी तार तान्ने काम सम्पन्न भएको छ । त्यस खण्डमा आयोजनाले पाँच हजार रुख काट्ने प्रक्रिया अगाडि बढाइएको उनले बताएका छन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



