राष्ट्र बैंकले स्वीकृत गरेपछि राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं,२८ असोज । राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले नाम संशोधन गर्नका लागि वाणिज्य बैंकको १२ औं साधारणसभाले पारित गरेको प्रस्ताव स्वीकृत गरेपछि नाम संशोधन भएको बैंककोआज प्रकाशित सूचनामा जनाईएको छ ।

बैंकको संशोधित नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गएको भाद्र १ मा नाम संशोधनका लागि अनुमति दिएको थियो ।कम्पनीको साविकको नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको थियो । संशोधनपछि कायम भएको व्यवस्था अनुसार कम्पनीको नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ र अंग्रेजी छोटकरी नाम आरबीबीएल भनिने भएको छ ।