
काठमाडौं, २८ असोज । शेयर बजारको ओरालाे लाग्ने क्रम बुधबार पनि जारी भएको छ । यस अघि मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो ।
नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार करिब २ अर्बको कारोबार भएकोमा बुधबार डेढ अर्बको पनि कारोबार भएन ।
दिनभर भएका २४ हजार ८ सय ९९ कारोबारबाट १९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
कारोबार रकमका आधारमा बुधबार सबै भन्दा धेरै कारोबार जनरल इन्स्योरेन्सको भएको छ । सोमबार नेप्सेमा सूकिकृत भएर जनरलको मंगलबारदेखिमात्रै कारोबार शुरु भएको थियो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



