मन्त्रिपरिषद् हेरफेर, अर्थ मन्त्रीमा विष्णु पौडेल नियुक्त

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् हेरफेर गरेका छन्।  राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४-११-३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीकाे सिफारिसमा देहायबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रधानमन्त्रीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय ओली आफैंले राखेका छन्। 

सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भए भने लीलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्। महिला तथा बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयकाे जिम्मा दिइएकाे छ।