झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम घट्यो

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ असोज । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १.२९ अंकले बढेर १ हजार ५ सय ६२ दशमलव ४६ अंकमा पुगेको छ । कारोबार रकम भने बुधबारको तुलनामा कमी भएको छ । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ धेरेको कारोबार भएकोमा बिहीबार १ अर्ब ४२ करोडमा सिमिति भएको छ ।

दिनभर २३ हजार ८९ कारोबारबाट १९६ कम्पनीका ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ भएको छ । नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १.९ अंकले बढेको छ भने व्यापार ३.१९ अंकले बढेको छ । म्युचुअल फण्ड र अन्यमा रहेका कम्पनीहरु पनि झिनो अंकले बढेका छन् ।

अरु सबै उपसमूहहरु ओरालो लागेका छन् । होटल १५ अंक भन्दा माथिले ओरालो लागेको छ भने विकास बैंक ११ अंक, निर्जिवन बीमा कम्पनी २४.४२ अंक, उत्पादनमूलक २९.५५, लघुवित्त १.६ र जीवन बीमा १६.८ अंकले घटेका छन् ।