सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुपर्नेमा मेयर शाक्यकाे जाेड

-



     सफल आवाज    
     असाेज ३० गते २०७७ मा प्रकाशित



काठमाडाै‌‌‌, ३० असाेज । काठमाडाै‌‌‌‌ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने हाे भने गुणस्तरीय शिक्षा खाेज्न चर्को शुल्क तिरेर अन्यत्र जानुपर्ने वाध्यता अन्त्य हुने बताएका छन ।

शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा महानगर प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको बताए । साे अवसरमा उनले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकासका लागि हामी लागिरहेका छौँ ।”

कार्यक्रममा विद्यालयले कोभिड १९ काे नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई सम्मान गरेको थियो ।