
पाेखरा, ३० असाेज । लकडाउनका कारण बन्द रहेको पाेखराकाे पाँचतारे होटल पोखरा ग्राण्ड अक्टोबर १५ अर्थात बिहीबारबाट खुलेकाे छ । करिब ६ महिनापछि खुलेकाे पोखरा ग्राण्डले नेपाली पर्यटक लक्षित विशेष प्याकेज समेत सार्वजनिक गरेको छ । ताेकिएका सुरक्षाका सबै मापदण्ड पुरा गरी ग्राहकलाइ सेवा दिने लक्ष्यसहित हाेटल पुन संचालनमा ल्याएकाे हाेटलका महाप्रवन्धक रोशन खवासले बताए ।

ग्राण्डले सार्वजनिक गरेको प्याकेज प्रतिब्यक्ति ५ हजार ९ सय ९९ र २ जनाको लागि ६ हजार ९ सय ९९ रुपैयाँको रहेकाे छ । याे प्याकेजमा ब्रेकफास्ट, डिनर, एअरपोर्ट अथवा बसपार्कसम्म पिक अप तथा ड्रप लगायतको सुविधा समावेश गरिएको छ । साथै पर्यटक होटलमा आउनासाथ वेलकम ड्रिक्सले स्वागत गरिनेछ ।
फुड एण्ड बेभरेज र लाउन्ड्रीमा २० प्रतिशत छुटको सुविधा पर्यटकले पाउने खवासले बताए । अभिभावकसँगै आएका ८ वर्षसम्मका बच्चाको लागि भने अतिरिक्त शुल्क लाग्ने छैन ।

महाप्रवन्धक खवासका अनुसार कोभिड १९ लाई मध्यनजर गर्दै होटललाइ सेनिटाइज् गरिएको छ। नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पूर्णपालन गर्दै सेवा सुरू गरिएकाेले ग्राहकले ढुक्कले सेवा लिनसक्ने बताइएकाे छ ।
पोखरा ग्राण्डसंगैं पाेखराका अन्य हाेटलहरू पनि क्रमश खुल्न थालेका छन । यहाका सांग्रिला, अतिथि,टेम्पल ट्रि, स्वीस इन्टरनेशनल, माउन्टेन ग्लाेरी, ग्लेसियर,स्नाे ल्याण्ड लगायतका हाेटलहरूले क्रमश सेवा सुरू गरेकाे बताएका छन ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



