नेपालमा थप ४३९२ जनामा संक्रमण, ३५२२ निकाे

-



     सफल आवाज    
     असाेज ३० गते २०७७ मा प्रकाशित




काठमाडौं, ३० असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा १६ हजार ५ सय ३१ पिसिअार टेष्ट गरिएको हाे ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय २ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार ७ सय ८४, भक्तपुरमा ३ सय ८४ र ललितपुरमा ३ सय ७४ जना संक्रमित हुन्।

हाल सक्रिय संक्रमित संख्या ३७ हजार ३ सय २२ पुगेकाे छ। हाल क्वारेन्टाइनमा ४ हजार ८ सय ८ जना बसेका छन्।

त्यस्तै २४ घण्टामा थप ३ हजार५ सय २२ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। याे सहित नेपालमा कोरोना मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ। निकाे हुने दर ६९ दशमलब ८ रहेकाे छ। मृतक संख्या ७ सय १५ पुगेकाे छ।

५ सय बढि संक्रमित रहेका जिल्लामा माेरङ, सुनसरी, मकवानपुर, सुर्खेत, काठमाडौ, ललितपुर, भक्तपुर, चितवन, दाङ, बाँके, रूपन्देही छन्।

त्यस्तै बिरामीकाे उपचारमा खटिने चिकित्सक वा नर्सलाई काेराेना लक्षण नदेखेसम्म क्वारेन्टाइन नबस्न भनिएकाे छ।

साथै, सरकारले यसपालिकाे दसैं अनावश्यक यात्रा नगरि घरमै बसेर मनाउन पुन अाग्रह गरेकाे छ।