नेपालमा थपिए ३१६७ कोरोना संक्रमित

-



     सफल आवाज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । नेपालमा शनिबार ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । गएको २४ घण्टामा नेपालमा कुल १५ हजार ४ सय ३८ जनाको कोरोना परीक्षण भएको हो ।

गएको २४ घण्टामा १ हजार ८ सय जना निको भए । हालसम्म ८९ हजार ८ सय ४० निको भएका छन् । निको हुने प्रतिशत ६९ दशमलब ७ प्रतिशत हुन आउँछ ।