माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ कार्तिक । माछापुच्छ्रे बैंकले कार्तिक ६ गतेको लागि बोलाईएको वार्षिक साधारण सभा स्थगित गरेको जानकारी गराएको छ । कोरोना भाइरसको संक्रमणको डर कायमै रहिरहेको र चाडपर्व नजिकिएको कारण साधारण सभा स्थागित गरेको हो ।

सरकारले चाडपर्वको बेलामा जहाँ बसेको हो सकेसम्म त्यहिं बसेर चाडपर्व मनाउन, एक ठाउँबाट अर्को ठाउँमा नजान, धेरै मानिस भेला भएर नबस्न भनिसकेकोले असोज ३० गते बसेको बैंकको संचालक समितिको बैठकले अर्को सूचना प्रकाशन नहुँदासम्म साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले गत वर्षको मुनाफाबाट ७.०३ प्रतिशत बोनस शेयर तथा ३.३७ प्रतिशत लाभांस वितरण गर्ने प्रस्तावलाई साधारण सभामा प्रस्तुत गर्नेछ ।