पृतनापति सम्मेलन आजदेखि

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । नेपाली सेनाले आज आइतबारदेखि तीनदिने पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने जनाइएको छ ।

सम्मेलन यसपालि भर्चुअल माध्यमबाट हुनेछ । नेपाली सेनाले प्रत्येक ६ महिनामा नियमितरुपमा यसखालको सम्मेलन गर्दै आएको थियो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले सेनाका पृतनापतिले सम्मेलनक्रममा सम्बन्धित स्थानबाट आ–आफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने बताए ।

सेनाको पूर्वी कामु पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्यपृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति आनन्दकुमार अधिकारी, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा रहेका छन्।