क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरले दियो १ करोड ५० लाख

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



भरतपुर, ३ कात्तिक । गाैतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख नगद सहयोग प्रदान गरेको छ । उक्त रकम महानगर प्रमुख रेनु दाहालले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई प्रदान गरेकी हुन ।

महानगरपालिकाले विनियोजन गरेकाे रू चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले रङ्गशालाकाे काम कोरोना भाइरसकाे महामारीबीच पनि धमाधम भइरहेकाे बताउँदै बिनियोजित रकम थप्दै जाने बताइन ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष धुर्मुसले अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरे । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधिन अवस्थामा रहेकाे छ ।