संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना गलत र भ्रामक:गृह मन्त्रालय

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ असोज । गृह मन्त्रालयले मोबाइल, सामाजिक संजाल लगायतका विद्युतीय माध्यममा संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना संप्रेषित भएकोले मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

सुरक्षा संवेदनशीलतासंग जोडिएका ति संप्रेषित तथ्यहिन, भ्रामक, निराधार र गलत सूचना भएको मन्त्रालयले आज जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ । गृहमन्त्रालयले यस विषयलाई गम्भिरतापूर्वक लिएर अनुसन्धान प्रक्रिया अघि बढाईसकेको जानकारी दिएकाे छ ।