फेरी बढ्याे सुनको मूल्य

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ कात्तिक । बुधबार सुनको मूल्य ताेलामा ८ सय रूपैयाँले वृद्धि भएकाे छ । नेपाल सुन चाँदी व्यावसायी महासंघले छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको बताएकाे छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार सय रुपैयाँमा काराेबार भएकाे छ । चाँदीको मूल्य प्रतिताेला ३० रुपैयाँले वृद्धि भएर प्रतितोला १२ सय ४० रुपैयाँमा काराेबार भएकाे छ । मंगलबार चाँदीकाे मूल्य प्रतिताेला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।