
काठमाडाैं, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुर्ननिर्माण सम्पन्न गरिएको ऐतिहासिक रानीपोखरीको आज उद्घाटन गरेकी छन् । उद्घाटनको क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुसंगै नेपाल तथा भारतका विभिन्न तीर्थस्थलबाट ल्याईएको जललाई रानीपोखरीमा चढाएकी थिईन ।
मध्यान्ह १२ वजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । मल्लकालिन समयमा निर्माण गरिएको रानीपोखरी र बिचमा रहेकाे बालगाेपालेश्रवर मन्दिर २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतीग्रस्त भएको थियो ।
भूकम्पपछि पुर्ननिर्माण गरिएकाे रानीपोखरी तथा मन्दिरकाे स्वरुप पूरानै शैलीमा बनाईएको छ । निर्माण नेपाल सरकारले गरेकाे हो ।
यसैबीच, राष्टपति भण्डारीले रानीपोखरीको अगाडी पश्चिमपट्टि रहेको दरबार हाइस्कुलको पनि उद्द्दटान गरेकी छन् । दरबार हाइस्कुल चीन सरकारको सहयोगमा पुर्ननिर्माण गरिएको हो । दरवार हाइस्कुलको उद्घाटन कार्यक्रममा भने सरकारी बाहेक अन्य पत्रकारलाई भित्र प्रवेशमा रोक लगाईएको थियो । उनिहरूले बाहिरबाटै फाेटाे खिचेका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



