अमेरिकाले नेपाललाई निरन्तर सहयोग दिने

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ५ कात्तिक । अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमाथि गरिने सहयाेगलाई निरन्तर्रता दिने बताएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटमा द्विपक्षीय आर्थिक सहयोगकाे निरन्तर्रताका बारेमा छलफल भएकाे हाे ।

कोभिड–१९ महामारीको नियन्त्रण र त्यसपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा पनि छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिए।

राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेकाे मन्त्रालयले जनाएको छ ।