
काठमाडौं, ५ कात्तिक । कोभिड १९ को संक्रमण भएका काेराेना बीमा गरेकाहरूकाे उपचारमा भएको खर्च बीमा रकमबाट लिईने भएको छ । बीमा समितिले आज इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुको लागि निर्णय कार्यान्वयन सम्बन्धमा एक पत्र जारी गर्दै यसको व्यवस्था मिलाउन जानकारी गराएको छ ।
समितिले आर्थिक हिसाबले विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, स्वास्थ्यकर्मि, सरसफाई कर्मचारी, सुरक्षाकर्मि लगायतलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको खण्डमा उनीहरुको बीमा रकमबाट उपचार गर्ने जनाएको छ । तर उनीहरुले कोरोनाको बीमा नगरेको भए सरकारले परिक्षण तथा उपचार निःशुल्क गर्ने पनि जारी पत्रमा उल्लेख गरेको छ ।
असोज १९ गते बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार संक्रमितको उपचारका लागि अस्पतालहरुलाई अनुदान उपलव्ध गराउने सम्बन्धी आदेश २०७७ को दोश्रो संशोधन अनुसार कोरोना बीमा गर्ने बिरामीको उपचारको लागि भएको खर्च बीमा रकमबाट कटौती गर्ने भएको हो । पत्रमा निर्जीवन बीमा कप्पनीहरुलाई सोहि अनुसार व्यबस्थापन मिलाउन भनिएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



