
काठमाडौं, ६ कात्तिक। नेपालमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या १ लाख कटेकाे छ। हालसम्म १ लाख ४८ हजार ५०९ जना संक्रमित हुँदा १ लाख २ हजार ८२० जना निकाे भएका हुन्। बिहीबार मात्र ३ हजार १ सय १५ जना निकाे भए। निकाे हुने दर ६९ दशमलब २ प्रतिशत छ।
गएकाे २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। गएकाे २४ घण्टामा १५ हजार २ सय ५५ पिसिअार टेष्ट गरिएको हाे ।
काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ५२ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जना संक्रमित हुन्।
हाल क्वारेन्टाइनमा ३ हजार ७ सय ५१ जना बसेका छन्। संस्थागत अाइसाेलेसनमा १३ हजार ३ सय ३९ र हाेम अाइसाेलेसनमा ३१ हजार ५ सय ३८ छन्। अाइसियुमा २ सय ९० र भेन्टिलेटरमा ७७ जनाकाे उपचार भइरहेकाे छ।
५ सय बढि संक्रमित रहेका जिल्लामा माेरङ, झापा, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर , सुनसरी, मकवानपुर , चितवन, रूपन्देही , दाङ, सुर्खेत, बाँके, कैलाली, डडेल्धुरा छन्। शून्य संक्रमित रहेकाे एकमात्र जिल्ला मनाङ हाे ।
यसैबीच सरकारले देशका विभिन्न अस्पतालमा हाइ डिपेन्डेन्सी युनिट स्थापना गर्न ४ अर्ब २५ कराेड विनियोजन गरेकाे जनाएको छ। त्यस्तै सरकारले दसै बिदाका कारण काेराेना अपडेटकाे मिडिया ब्रिफिङ ५ दिन स्थगन गर्ने जनायाे ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



