
काठमाडौं, ६ कात्तिक । नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान (केवाईसी) सेवा संचालन निर्देशिका २०७७ लाई स्वीकृत गरेपछि लगानीकर्तालाई सजिलो हुने भएको छ । अब उनीहरुले विद्युतीय माध्यमबाट घरमै बसेर ग्राहक पहिचान पत्र (केवाईसी) भर्न सक्ने भएका छन् ।
बोर्डका अनुसार लगानीर्ताहरुले घरमै बसेर केवाईसी प्रतिनिधिको अधिकार पाएको व्यक्ति वा कर्मचारीबाट हुने सेवा र त्यससंग सम्वन्धी प्रक्रियागत काममा समयानुसार सुधार गरेर छिटोछरितो बनाउनका लागि निर्देशिका जारी गरिएको हो ।
कोरोना भाइरसको महामारी भईरहेको बेलामा लगानीकर्ताहरु ग्राहक पहिचान विवरण भर्नका लागि धितोपत्र व्यावसायीसम्म पुग्न जोखिम भएकोले घरैमा बसेर विवरण भर्न मिल्ने सुविधाका लागि निर्देशिका स्वीकृत गरेको बोर्डले जनाएको छ । बोर्डले निर्देशिकालाई कार्यान्वयन गर्नका लागि सीडीएस एण्ड क्लियरिङ पठाएको छ ।
यसका मुख्य सातवटा विशेषताहरु रहेका छन् । ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था, विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था, ग्राहकले धितोपत्र कारोबार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नुपर्ने सम्वन्धी व्यवस्था, केवाईसी विवरण प्रयोग सम्वन्धी व्यवस्था रहेका छन् । यस्तै, केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था, ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था र केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारबाही सम्वन्धी व्यवस्था रहेका छन् ।
केन्द्रीकृत केवाईसी सेवा सम्वन्धी कार्य संचालन निर्देशिका, २०७७ कार्यान्वयनमा आए पश्चात धितोपत्र बजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नुपर्ने झन्झट नहुने भएको छ । कारोबारमा सहजता आउने र बजार विकासमा टेवा पुग्ने बोर्डको अपेक्षा गरेको जनाएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



