
मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई काेरोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीकाे कन्टयाक्ट टेसिङकाे आधारमा बिहीबार स्वाब परीक्षण गरिएकाे थियाे । परिक्षण नतिजामा आज संक्रमण पाेजेटिभ देखिएकाे हाे ।
आफुलाई काेराेना संक्रमण भएकाे बारे कार्कीले आज ट्वीट गरेका हुन् । उनले लेखेका छन्, मलाइ पनि विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण भएकाे छ । असाेज २९ गते गरेकाे परिक्षण नतिजा नेगेटिभ देखिएकाे थियाे । त्याे बेलामा रूघाखाेकी लगायतका असर थियाे । आइसाेलेट भएर बसियाे । हिजाे परिक्षण गर्दा पाेजेटिभ देखिएकाे छ ।

मन्त्री कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन । यसैगरी मन्त्री कार्कीका निजी सचिव रवि खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइसाेलेसनमा बसेका छन ।स्वास्थ्यावस्था सामान्य रहेकाे छ ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



