
काठमाडाैं, ७ कात्तिक । काेरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ । मुख्यमन्त्री पौडेलसँगै धर्मपत्नी विजयालाई पनि उपचारका लागि काठमाडाैं ल्याइएकाे छ ।
मधुमेहका बिरामी पौडेलको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । कोरोनाकाे संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा उपचार गरिएको थियो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं ल्याइएकाेको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले बताए । पौडेलको गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पाेजेटिभ देखिएकाे थियाे ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



