
बनेपा, ८ कात्तिक । काभ्रेपलाञ्चोककाे पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा पूजा र दर्शन गरेकाेमा यस वर्ष भ्रमण स्थगन भएको वडाध्यक्ष किरण श्रेष्ठले बताएका छन् ।
सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेका छन् । बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उनले जानकारी दिएका छन् । यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो ।
यस्तै, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना टाँसिएकाे छ । संक्रामणकाे डरले जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा टाँसेपछि मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन् ।
जिप्रकाले विषम परिस्थितिमा बडादशैंमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ, मन्दिरमा स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीडले कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रवेश निषेध गरेको छ ।
विगतका दशैंमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो । अहिले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यले बताएका छन्।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



