
काठमाडौं, ८ कात्तिक । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुने दर बढी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ सय २५ जना संक्रमित भएकोमा २८ सय ४६ जना निको भएर घर फर्किएका छन् ।
संक्रमित व्यक्तिमध्ये ७ सय ७९ जना महिला र १ हजार ४ सय ४७ जना पुरुष छन् । यो सहित कुल संक्रमित संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । नेपालमा यस अवधिमा २ हजार ८ सय ४६ जना संक्रमित निको भई घर फर्किएका छन् । यसरी कुल निको हुनेहरुको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ४६ पीसीआर परीक्षण भएको हो । कुल परीक्षण गर्नेको संख्या १३ लाख ८० हजार नाघिसकेको छ ।
थप १३ जनाको मृत्यु
नेपालमा पछिल्लो समय कुल १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कुल मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । शुक्रबारमात्र १७ जनाको मृत्यु भएको थियो ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



