कमजोर अर्थतन्त्रमा नीतिगत सुधारकाे आवश्यकता:अर्थमन्त्री

-



     सफल आवाज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको कमजोर अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत सुधारको आश्यकता भएको बताएका छन । कोरोना भाइरसको कारण कमजोर भएको अर्थतन्त्रलाई पहिलेकै अवस्थामा लैजान आवश्यक भएकोले नीतिगत रुपमा अगाडी बढ्न लागेको बताएका हुन ।

पूँजीगत खर्चको कमजोर अवस्थामा सुधार गर्नका लागि नीतिगत सुधारको आवश्यक्ता रहेकोले कतिपय कानूनलाई सुधार गर्न आवस्यक भएको बताए । पूँजीगत खर्चलाई बढाउने आफ्नो योजना भएको बताउँदै अर्थमन्त्री पौडेलले कोरोनाको कारण उत्पन्न भएका चुनौतीहरुको सामना गरेरै आयोजनाहरुलाई निरन्तरता दिने र खर्चलाई बढाउने रणनीतिमा लागेको बताए ।

शनिबार न्यूज एजेन्सि नेपालसंगको कुराकानीमा अर्थमन्त्री पौडेलले भने, अहिले अपेक्षा गरेअनुसार पूँजीगत खर्च हुन सकेको छैन । यसका लागि कोभिड १९ ले सिर्जना गरेको चुनौतीका लागि छुट्टै योजना चाहिन्छ । अर्को कुरा नीतिगत प्रबन्धहरुको कारण पूँजीगत खर्चमा असर पुर्याईरहेकाले आवश्यक निर्णय गर्दै सुधार ल्याउन प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले कोरोना कहरको कारण लागु भएको लकडाउन, बन्दाबन्दिले देशको आर्थिक क्रियाकलापलाई खुम्च्याएकोले उत्पादनका क्षेत्रमा असर पुर्याएको र अर्थलाई चलायमान बनाउन नदिएको कारण राजश्व संकलनमा चुनौती थपिएको समेत बताए ।