
काठमाडौं, ९ कात्तिक । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले २२ प्रतिशत नगद लाभांस वितरण गरेको छ । कम्पनीले १६ करोड नगद वितरण गरेको हो । सिनो हाइड्रो चीन र चितवनको कोइ समूहको सगरमाथा पावर कम्पनीको संयुक्त लगानी रहेको आयोजना हो । कम्पनीले चार बर्षदेखि नियमित बिद्युत उत्पादन गर्दै आएको छ ।
५ अर्ब कुल पुँजी रहेको आयोजनामा नेपाली कम्पनीको १० प्रतिशत लगानी रहेकाे छ । कम्पनीले लमजुङमा ५० मेगावाट बिद्युत उत्पादन गरेको छ । कम्पनीका अनुसार ३ अर्ब २३ करोडको बिजुली बिक्री भएको छ । गएको वर्ष ५० करोड नाफा गरेको कम्पनीले यो वर्ष ७२ करोड बढी नाफा गरेको जनाएको छ ।
आयोेजनाका लागि १६ अर्ब ४० करोड बढी खर्च गरिएको बताईएको छ । उक्त रकम ३० प्रतिशत स्वपूँजीबाट र बाँकी ७० प्रतिशत ऋणबाट हो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



