
काठमाडौं, ९ कात्तिक । नेपालमा आइतबार थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षणमा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कुल संक्रमित संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
यो सहित नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ पुगेको छ । तीमध्ये हालसम्म १ लाख ११ हजार ६ सय ७० जना निको भएका छन् ।
हालसम्म संक्रमितमध्ये ८ सय ४७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।






काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ…
नारायणगढ (चितवन), १० मङ्सिर. चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण…
रूपन्देही, १० मङ्सिर. नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध…
काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक… 



