
कपिलवस्तु, ११ कात्तिक । विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो ।
कपिलवस्तुमा सञ्चालित उडान कक्षाका किशोरीलाई विद्यालयको वार्षिक परीक्षामा समावेश गराई क्षमतानुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा दिन बिताइरहेका किशोरी तथा बालिकालाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिकाको निर्वाह गरेको अध्यक्ष थापाको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले हरेक क्षेत्रमा महिला पछाडि परेकाले तिनको उच्च शिक्षामा ध्यान जरुरी रहेको बताइन ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बीचैमा विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई खोजेर उडान सिकाइ केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरिएको राससले लेखेकाे छ । साइकल पाएपछि किशोरीले खुशी हुँदै अब कुनै पनि हालतमा अध्ययन नरोक्ने बताए । साइकल नहुँदा बालबालिका पाँच किलोमिटरको पैदल हिँडेर विद्यालय जाने गरेका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



