१८० योजना बनाएर कोरोना प्रभावितलाई उत्पादनमा लगाइँदै

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



बलेवा, ११ कात्तिक । बागलुङको बरेङ गाउँपालिकाले कोभिड कहरले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ । गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ भने प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि, पशु र शिक्षामा प्राथमिकता दिइएको बताए । उनले पूर्वाधारका भन्दा सफ्टवयरका काममा निरन्तरता दिएको जनाउँदै यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा प्राथमिकता दिइएको जनाए । पालिकाले विद्यालय भवन निर्माणदेखि शौचालय र तारबारका काम समयमै सक्ने योजना बनाएको छ ।