
काठमाडौं, ११ कात्तिक । वडादशैंको भोलिपल्ट आज एकादशी तिथी हाे । यसलाई पापकुंश एकादशीको रुपमा मनाइन्छ । वडादशैंको टीकाको दिनमा टीका लगाउन नभ्याएकाहरुले एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्छन् ।
शास्त्रिय मान्यता अनुसार यो एकादशीको विशेष महत्व रहेको छ । नवरात्रि पछिको यो एकादशीलाई पाप गर्नेहरुलाई नष्ट गर्ने दिनको रुपमा लिईन्छ । भौगोलीक हिसाबले कतियय ठाउँहरू बिकट भएको कारणले टाढा टाढाबाट माईतीमा टीका लगाउन जाने चेलीहरु वा विदेशबाट घर आउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउन पुग्नेगरी बनाएको योजना मुताबिक टीका लगाउन जाने गर्छन् ।
यो पटक कोरोना भाइरसको महामारीको कारण शहर वजार, ग्रामिण सडकमा मानिसको यसअघिका दशैंमा जस्तो चहलपहल देखिएन । कोभिड १९ को कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्नुपर्ने भएकोले पनि धेरैले आफु बसेको स्थानमा परिवारमै टीकालाई सिमित राखेका देखियो ।
आजको दिनमा भजनकृतन गर्ने, ब्रत बस्ने, राती भजन कृतन गर्ने र एकादशी महात्मयको कथा सुन्ने चलन रहेको छ । विष्णु भक्त र शिव भक्तहरुका लागि यो महत्वपूर्ण रहेको शास्त्रका ज्ञाताहरुको भनाई छ । विष्णु पुराणमा यदी कसैले शिव र विष्णुलाई फरक देख्छन् भने नर्कमा जाने उल्लेख गरिएको छ । त्यसैले होला यो एकादशी अलौकिक फल प्राप्त गर्ने एकादशीको रुपमा रहेको धर्मालम्वीहरुको विश्वास रहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



