कांग्रेस नेता दाहाललाई पत्नी शोक

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



दमक, ११ कात्तिक । नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उनकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गएराति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित थिइन । कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्यसमेत रहेकी दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज हुन । स्व. रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी छन् ।

यसैवीच,गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहेका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।