काठमाडौं, ११ कात्तिक । नेपालको राजनीतिक तथा प्रशासनिक इतिहासमा राज्यसत्ता सञ्चालनको अख्तियारी लिएका प्रधानमन्त्रीहरु प्रथम प्रधानमन्त्री/मुख्तियार भिमसेन थापादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म ३८ जना प्रधानमन्त्री भएका छन् ।
नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा हुन । उनले बि.सं १८६३-१८९४ मा मुख्यिारी लिएका थिए । दोश्रो प्रधानमन्त्री पण्डित रंगनाथ पौड्याल हुन । उनले बि.सं १८९४ देखि १८९५ सम्म मुख्यिारी लिएका थिए । तेश्रो प्रधानमन्त्री पुष्कर शाह बनेका थिए । उनले बि.सं १८९५ देखि १८९६ सम्म मुख्तियारी लिएका थिए । चौथो प्रधानमन्त्री रणजंग पाण्डे भएका थिए । उनले बि.सं १८९६ देखि १८९७ सम्म मुख्तियारीको काम गरेका थिए । पाँचौ प्रधानमन्त्री फत्यजंग शाह भएका थिए । उनी बि.सं १८९७ देखि १९०० र १९०२ देखि १९०३ सम्म राज्यको मुख्तियार भएका थिए । छैटौं प्रधानमन्त्री माथवर सिंह थापा भएका थिए । उनले बि.सं १९०० देखि १९०२ सम्म मुख्तियारीको काम गरेका थिए । सातौं प्रधानमन्त्री जंगबहादुर राणा बनेका थिए । उनले बि.सं १९०३ देखि १९१३, १९१४ देखि १९३३ सम्म शासन गरेका गरेका थिए । नेपालको इतिहासमा सबैभन्दा लामो समयसम्म शासनसत्ता आफ्नो हातमा लिएर उनले सरकार सञ्चालन गरेका गरेका थिए । यिनकै पालादेखि जहाँनिया राणा शासन शुरु भएको थियो ।
आठौं प्रधानमन्त्रीको रुपमा बि.सं १९१३ देखि १९१४ सम्म बम बहादुर राणा सत्तामा पुगेका थिए ।नवौं प्रधानमन्त्री रणोदीप सिंह राणा बनेका थिए । उनले बि.सं १९३३ देखि १९४२ सम्म शासन गरेका थिए ।
दशौं प्रधानमन्त्री वीर शमशेर जबरा बनेका थिए । उनले १९४२ देखि १९५७ सम्म शासन गरे । एघारौं प्रधानमन्त्री देव शमशेर जबरा बनेका थिए । उनको कार्यकाल १९५७ देखि १९५८ हो । बाह्रौं प्रधानमन्त्री चन्द्र शमशेर जबरा बनेका थिए । उनी बि.सं १९५८ देखि १९८६ सम्म शासन सत्तामा रहेका थिए । तेह्रौं प्रधानमन्त्री भीम शमशेर जबरा भए । उनी १९८६ देखि १९८९ सम्म सत्तामा रहेका थिए । चौंधौ प्रधानमन्त्री जुद्ध शमशेर जबरा भएका थिए । उनले उनले बि.सं १९८९ देखि २००२ सम्म सत्ता सम्हालेका थिए । पन्ध्रौं प्रधानमन्त्री पद्म शमशेर जबरा भएका थिए । उनले बि.सं २००२ देखि २००५ सम्म शासन सम्हालेका थिए । सोह्रौं प्रधानमन्त्री मोहन शमशेर भएका थिए । उनले बि.सं २००५ देखि २००८ सम्म सत्ता चलाएका थिए । सत्रौं प्रधानमन्त्री मातृका प्रसाद कोईराला भएका थिए । उनले बि.सं २००८ देख २००९ र २०१० देखि २०११ सम्म सत्ता सम्हालेका थिए ।
अठारौं प्रधानमन्त्री टंकप्रसाद आचार्य भएका थिए । उनले बि.सं २०१२ देखि २०१४ सम्म सत्ता चलाएका थिए । उन्नाईसौं प्रधानमन्त्री डा.केआई सिंह बनेका थिए । उनले बि.सं २०१४ देखि २०१४ सम्म सरकारकाे नेतृत्व गरेका थिए । नेपालको बीसौं प्रधानमन्त्री सुवर्ण शमशेर जबरा बनेका थिए । उनले बि.सं २०१५ देखि २०१६ सम्म सत्ता चलाएका थिए । २१ सौं प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला बनेका थिए । उनी २०१६ देखि २०१७ सम्म सत्तामा रहेका थिए । २२ औं प्रधानमन्त्री डा.तुलसी गिरी २०१९ देखि २०२१ सम्म तथा बि.सं २०३२ देखि २०३४ सम्म मन्त्रिपरिषद् अध्यक्ष भएका थिए ।
नेपालको २३ औं प्रधानमन्त्री सूर्य बहादुर थापा हुन । उनले बि.सं २०२१ देखि २०२३ प्रधानमन्त्री, बि.सं २०२३ देखि २०२५, बि.सं २०३६ देखि २०४०, बि.सं २०५४ देखि २०५४, बि.सं २०६० देखि २०६१ सम्म सत्ता सम्हालेका थिए । २४ औं प्रधानमन्त्री कीर्तिनीधि विष्ट भएका थिए । उनले बि.सं २०२५ देखि २०२६, बि.सं २०२८ देखि २०३०, बि.सं २०३४ देखि २०३६ सम्म सत्ता चलाएका थिए । २५ औं प्रधानमन्त्री नगेन्द्रप्रसाल रिजाल भएका थिए । उनको कार्यकाल बि.सं २०३० देखि २०३२ र २०४२ रहेको थियो ।
२६ औं प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुन । उनले २०४० देखि २०४४, बि.सं २०४६ देखि २०४७, बि.सं २०५३ देखि २०५४, बि.सं २०५९ देखि २०६० सत्ताको नेतृत्व गरेका थिए । २७ औं प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ हुन । उनले बि.सं २०४३ देखि २०४६ सम्म सत्ता सञ्चालन गरेका थिए । नेपालका २८ औं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन । उनी बि.सं २०४७ देखि २०४८, बि.सं २०५६ देखि २०५६ सत्तामा पुगेका थिए । २९ औं प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला हुन । उनी बि.सं २०४८ देखि २०५१, बि.सं २०५४ देखि २०५५, बि.सं २०५५ देखि २०५६, बि.संं २०५६ देखि २०५८, बि.सं २०६३ देखि २०६५ सम्म सत्ता नेतृत्वमा रहेका थिए ।
३० औं प्रधानमन्त्री मनमोहन अधिकारी बने । उनी नेपालको पहिलो कम्यूनिष्ट प्रधानमन्त्री हुन । बि.सं २०५१ देखि २०५२ सम्म उनको ९ महिने शासनकाल रहेको थियो । जो लोकप्रिय बनेका थिए ।३१ औं प्रधानमन्त्रीको रुपमा शेर बहादुर देउवा बने । उनले बि.सं २०५२ देखि २०५३, २०५८–२०५९,२०६१–२०६१, २०७४।०२।२४–२०७४।११।०३ सम्म सत्ता चलाए ।३२ औं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बने । २०६५ देखि २०६६ र वि.सं २०७३।०४।१९ देखि २०७४।०२।२३ उनी सत्ता नेतृत्वमा रहेका थिए । नेपालको ३३ औं प्रधानमन्त्री माधवकुमार नेपाल बने । उनी बि.सं २०६६ जेष्ठ ११ देखि २०६७ माघ २२ सम्म रहेका थिए । ३४ औं प्रधानमन्त्री झलनाथ खनाल हुन । उनी २०६७ माघ २३ देखि २०६८ भाद्र ११ सम्म सत्ता नेतृत्वमा रहे । ३५ औं प्रधानमन्त्री डा.बाबुराम भट्टराई बने । उनी २०६८ भाद्र १२ देखि २०६९ फागुन ३० सम्म सत्ताको नेतृत्वमा रहे ।
नेपालको ३६ औं मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी भए । उनको कर्यकाल २०६९ चैत्र १ देखि २०७० माघ २८ सम्म रहेको थियो । ३७ औं प्रधानमन्त्री सुशिल कोईराला बने । उनी २०७० माघ २८ देखि २०७२ असोज २४ सम्म सत्तामा रहेका थिए । नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । उनी २०७२ साल असोज २५ गते देखि २०७३ साउन १९ र रहेका छन् ।श्रोत:नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालय






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



