जीप दुर्घटनामा ३ जनाको मृत्यु, ४ घाइते

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । खोटाङ जिल्लाको बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ घाइते छन् ।

सोमबार साँझ को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले दिए ।

दुर्घटनामा बाराहापोखरीका ४५ वर्षीय दधुमान राई, ४० वर्षीय विश्व राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।

दुर्घटनामा बृहस्पतिका पति २८ वर्षीय छत्रबहादुर राई र ९ महिनाका बच्चा दिप्सन, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नवीना राई घाइते छन् ।